‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ – गगन थापाले सबैलाई विपतमा सहयोग गर्न आग्रह

126

काठमाडौं / बारा र पर्सामा आएको भीषण हावाहुरीमा परी पीडित भएर घरबार गास र बास गुमाएकाको उद्धारका लागि सहयोगको अपिल गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै ‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ भनेझैं सबैलाई विपतमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लेखेका छन्, ‘गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना। अहिले बारा र पर्सा बासीमा सबैको सहयोग को खाँचो रहेको छ। आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here