ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाललाई सुरक्षित हुन चारैतिरबाट आग्रह

302

काठमाडौं /  ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई जेनेभाको मानवअधिकार सम्बन्धी सभालाई औपचारिक संबोधन गरी नेपाल फर्किएपछि विभिन्न उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरुले सुरक्षित हुन आग्रह गरेका छन् । नेपालले आफूलाई खतरा हुन सक्ने विषयमा जेनेभामा रहँदा नै विदेशमा रहेका केही नेपालीहरूले सचेत गराएको र विखण्डनकारी र नेपाल राष्ट्र विरुद्धको शक्तिबाट आफूले असुरक्षित महसुस गरेको जनाएका हुन् ।

भर्खरै जेनेभामा संयुक्त राष्ट्रसंघको सभामा ३ पटक सम्बोधन गरेका नेपालले त्यहाँ मानव अधिकार परिषदको ४० औं सत्रमा भारतले नेपालको ६० हजार वर्ग कि.मि. भन्दा धेरै क्षेत्रफललाई उपनिवेश बनाइराखेको र भारतीय गोर्खा सेनामा कार्यरत रहँदा मारिएका नेपाली युवाको लास नेपाल पठाउन रोक लगाएर भारतले चरम विभेद तथा मानवअधिकारको हनन गरेको बिषयमा उल्लेख गरेका थिए । भारतीय प्रवृत्तिको विरोध गरेकाले भारतीय पक्षबाटै असुरक्षित महसुस गरेको नेपालले जनाएका छन् ।

जेनेभाको पहिलो सभालाई सम्बोधन सकेपछि नै त्यहाँ स्थित नेपालीले उनलाई सजग र सतर्क हुन सुझाएको समेत जनाउँदै नेपालले पूर्वराजाद्वय महेन्द्र , वीरेन्द्र र जननेता मदन भण्डारीको जुन शक्तिले हत्या गरेको हो त्यही शक्तिले मेरो हत्या गर्न सक्ने भनी भेटघाटमा आएका मानिसहरूले चिन्ता व्यक्त गरेको जनाएका छन् ।

नेपालले आफ्नो सुरक्षामा विशेष ध्यान दिन सुझाव समेत दिएकोले पनि ‘कतै म असुरक्षित त छैन भन्ने महसुस गरिरहेको छु । ‘ अनि लाग्छ, तत्कालीन राजा वीरेन्द्र त हजारौँ सेनाको बिचमा असुरक्षित रहे भने मैले आफूले आफूलाई कसरी सुरक्षा दिन सक्छु र ?’उनले अगाडि भने , ‘यही सोचले निर्धक्क भएर बसेको छु । किनभने म शिरमा कात्रो बाँधेर निस्केको मान्छे हुँ । मलाई मृत्युु , हत्या र संघर्षसँग कुनै डर छैन ।’

उनले थप अगाडि भने ,  ‘मृत्यु वा हत्याको त्रास देखाए कसैले मलाई विचलित गर्न खोजेको हो भने म त्यस्तो कमजोर मानसिकता भएको मानिस होइन , त्यसैले यस्तो दुष्प्रयास कुनै व्यक्ति , समूह र शक्तिले नगरे हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here