अनौठो रुख जसमा चरा फुल्छन्

395

के तपाईंलाई विश्वास छ र रुखमा फूल फूल्छन्, फल फल्छन् । फलफूल खानका लागि रुखमा चराहरु झुम्मिन्छन् । तर, चीनमा भने यस्ता रुख छन्, जहाँ स्वयं चरा फूल्दछन् ।

म्यागनोलिया भनिने अनौठो रुखमा जब फूलेको कोपिला फक्रिन थाल्दछ तब हाँगामा चरा नै उम्रिएजस्तो लाग्दछ । यसको फूल झ्वाट्ट हेर्दा त्यो ठ्याक्कै चराजस्तै देखिन्छ । रुखमा लटरम्म फूल फूलेको बेला हाँगैभरी चराहरु झुम्मिएको जस्तो देखिन्छ ।

चीनको उत्तरी भागमा यो जातको रुख पाइन्छ । वसन्त ऋतुमा यसमा फूल फुल्दछ । फूल निकै बासनादार र सुन्दर हुन्छ । म्यागनोलियाको रुख १ देखि २० मिटरसम्म अग्लो हुन्छ । यसको फूल् शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतिक मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here