अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु, ५ घाइते

87

एजेन्सी / अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार गोलीकाण्डमा परि एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको छ । शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएपछि शहरमा दिनभर शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जनासमेत घाइते भएको छ । अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएको थियो । घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा २५ वर्षीय व्यक्तिमाथि गोली हानिएकाले स्वास्थ्य अवस्था गम्भीर रहेकोले अस्पतालमा भर्ना गरिएको छ । यसका अलावा २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेकाले स्वास्थ्य अवस्था गम्भीर रहेकोले अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएकाले हात, पाखुरा र खुट्टामा गोली लागेको जनाएको छ ।

यस वर्षको तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ११ प्रतिशत बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here