समुद्री किनारमा रोमान्स गरिरहेको फरहानको तस्बिरले बलिउडमा हंगामा

105

बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरले बलिउडमा हंगामा मच्चाइरहेको छ । प्रेमिका सिवानी डान्डेकरसँग समुद्री किनारमा रोमान्स गरिरहेको तस्बिरको निकै चर्चा भएको छ ।

फरहानको जन्मदिनको छेको पारेर उनीहरू समुद्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरू यतिवेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् । फरहान अहिले सिवानीसँगको प्रेममा मस्त छन् ।

अभिनेता फरहान पत्नीसँग डिभोर्स गरेर प्रेमिका सिवानीसँग बिहे गर्ने तयारीमा छन् । उनीहरूले रमाइलो मात्र गरेनन्, सामाजिक सञ्जालमा तस्बिर समेत शेयर गरे । तस्बिरमा निकै रोमान्टिक मुडमा देखिएका उनीहरूको प्रेमको छाल र समुन्द्री पानीको छालको लय उस्तै थियो । यो तस्बिर बाहिरिएलगत्तै उनीहरू गहिरो प्रेमसम्बन्धमा रहेको भारतीय स१चारमाध्यमले जनाएका छन् ।  एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here