एफए कपको फाइनलमा म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने

94

एफए कप फुटबलको फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच खेल्ने भएको छ । आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल पक्का गरेको छ । वाटफोर्डका लागि जेर्राड डेउलोफेउले दुई र ट्रोए डेनीले एक गोल गरेका थिए । यता, वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले गोल फर्काएका थिए । निर्धारित समयसम्म दुबै टिमले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्‍याएका थिए । यसअघि ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप गरेको थियो । ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई २-० गोलको अग्रता दिलाए । तर यसपछि भने वाटफोर्डले उत्कृष्ट पनरागमन गर्‍यो ।

७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई २-१ गोलमा ल्याएका थिए । खेलको अतरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गरेपछि २-२ गोलको बराबरी भएको थियो । म्यान्चेस्टर सिटीले यसअघि नै ब्राइटनलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here