ओली र दाहाल कम्युनिस्ट हुनै सक्दैननः वैद्य

124

काठमाडौ, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहनवैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल कम्युनिस्ट हुनै नसक्ने बताएका छन् ।

आइतबारबाट काठमाडौमा सुरु भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर ओली र दाहालले गम्भीर भूल गरेको बताए ।

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल प्रचण्डहरु कम्युनिष्ट हुनै सक्दैनन्, उनले भने । वैद्यले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाउँदै अहिलेको सरकारले सर्वहारा वर्गको नेतृत्व गर्न नसक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here