‘लभ स्टेसन’ को ‘तिमी रुँदा’ गीतको भिडियो सार्वजनिक

628

भर्खरैमात्र हलमा प्रदर्शनमा भएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै संगीत सुन्न सकिन्छ । दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ ।

गीतको भिडियोमा फिल्ममा नेगेटिभ रोलमा रहेको प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् । यस फिल्ममा उनी गायकको भूमिकामा छन् । युट्युबमा सार्वजनिक भएसँगै यस गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ । यस फिल्ममा उज्ज्वल घिमिरे निर्देशक हुन् । यो सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो । प्रदीप, जसिता र प्रकाशका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आलोक शुक्लाको यसमा छायांकन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here