दुई नेपाली फिल्म प्रदर्शन हुने

220

काठमाडौं / यस बर्ष ०७५ नेपाली फिल्म ब्यवसायको लागि पहिले देखिनै सुखद रहन सकेन । तै पनि यो बर्षभरी नेपाली फिल्म एक अर्केसँग प्रतिस्पर्धा भयो ।

यस्तै बर्षको यस बर्षको अन्तिम शुक्रबार आज दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ । ती चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा : म्युजिकल भ्लग’ । यी दुबै फिल्म देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आएका हुन् । रोजक कुरो केछट भने यी दुबै फिल्म मार्फत अहिलेका महगा दुई हिरो अनमोल केसी र सलिनमान बनिया भिड्दै छन् ।

‘यात्रा : म्युजिकल भ्लग’
सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्रा ः म्युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको फिल्मले यात्राका क्रममा आउने प्रेम र उतारचढापलाई प्रस्तुत गरेको छ ।

‘ए मेरो हजुर ३’
झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भुमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा कलाकार तथा पत्रकारको उपस्थिती रहेको थियो । प्रिमिएरमा अधिकाम्सले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here