बिनाप्रतिस्पर्धा इन्टरनेटको फ्रिक्वेन्सी दिने विरुद्ध आन्दोलन शुरु

134

काठमाडौं / टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि इन्टरनेट सेवा प्रदायकहरू आन्दोलित भएका छन् । उनीहरुले नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई गलत भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेश द्वारमा धर्ना दिएका छन् ।

सरकारले विद्यमान विनियमावली नै परिवर्तन गरेर सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि उनीहरु धर्नामा बसेका हुन् । वर्षौदेखि सरकारले आफूहरुलाई फ्रिक्वेन्सी नदिएको र हाल अँएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’ बाट दिन लागिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्ट मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तवरबाट बाँड्न लागिएकाले आन्दोलनमा सहभागी भएको बताउनु भयो । उनले फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने भनाइ राख्नु भयो । ‘अक्सन गर्दा राज्यलाई पनि फाइदा हुन्छ । कसैलाई पोस्नका निम्ति नै सरकारले ब्याक डोरबाट फ्रिक्वेन्सी दिन लाग्नु गलत छ,’ उनले भने ।

सरकारले आफूहरुको माग सुनुवाई नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी सेवा प्रदायकहरुले दिएका छन् । उनीहरुले प्राधिकरण ज्ञापनपत्र पनि बुझाउँदै छन् । फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यासविपरीतको कार्य नगर्न उनीहरुले सचेत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here