एजेन्सी / सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ । विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो ।
उनकै नेतृत्वमा हजारौं प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ ।


















