मन्त्री बाँस्कोटालाई बुद्ध एयरले एयरपोर्टमै छोडेर उडेपछि…

154

बुटवल- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सोमबार काठमाडौं जानका लागि दुई पटक विमानसस्थल पुगे। प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका मन्त्री बाँस्कोटालाई बुद्ध एयरको विमानले सोमबार साँझ एयरपोर्टबाट फकाइदिएको हो। मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार साँझ ५ बजे को अन्तिम फ्लाइटमा काठमाडौं जाने तयारीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गएका मन्त्री बाँस्कोटा केही घण्टा कुरेर जहान नआउने निश्चित भयो भन्ने खबर पाएपछि फर्केका थिए। अर्कोपटक पुनः काठमाडौंबाट जहाज रुपन्देहीको लागि उडेको खबर पाएपछि मन्त्री बाँस्कोटा विमानस्थलको बाटो लागेका थिए। तर, विमानस्थलमा आएको विमानले मन्त्री बाँस्कोटालाई छाडेर गएपछि मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा उक्त गुनासो पोखेका हुन। जहाजले छोडेपछि उनी सोमवार बुटवलमै बसेका थिए ।

बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरकाअनुसार पहिला मौसममा खराबीको कारण काठमाडौंबाट यति एयरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन। साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here