मजदुरको कथाबस्तु समावेश गरिएको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक

200

काठमाडौं / आर. बि खत्री ‘शरद’ निर्देशित चलचित्र ‘‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रको केही अंस समावेश गरिएको छ । ट्रेलरमा मजदुरको संघर्ष कथा प्रस्तुत गरेको अनुमान लगाउन सकिन्छ । नयाँ बर्षको अवसर पारेर फष्टलुक सार्वजनिक गरेको थियो । चलचित्रमा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले खुलाशा गरे ।  आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकालले गरेका छन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here