पपुवा न्युगिनीमा आदिवासी नरसंहार

62

एजेन्सी / आदिवासीबीच हिंसा भड्किएपछि पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।

घटनाको समय गाउँमा रहेका कारिडाको हेल्थ सेन्टरका अफिसर इन चार्ज फिलिप पिमुवाले द गार्जियनसँग कुरा गर्दै घटनामा १६ जना मारिएको जनाएका छन् । जसमा एक वर्षको उमेरदेखि १५ वर्षको उमेरबीचमा रहेका ८ बालबालकिा रहेका छन् भने आठ महिला रहेका छन् । ती मध्ये दुई जना गर्भवति रहेका थिए । आरएनजीले भने १० महिला र ५ बलबालिकासहित १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । समाचारमा तारी प्रहरी प्रवक्ता थोमस लेभोङ्गोलाई उद्धृत गरिएको छ ।

सोमबार बिहान करिब ६ बजे उक्त घटना भएको थियो । आक्रमणकारीहरुले बन्दुक र धारिलो हतियार प्रयोग गरेका थिए । पछिल्लो समय पापुवा न्युगिनीको हेला प्रान्तमा आदिवासी हिंसा जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here