महिला मात्र बस्ने अनौठो टापु

237

एजेन्सी / संसारमा यस्ता पनि टापु पनि हुँदो रहेछ, जहाँ केवल महिला मात्र जान सक्दछन् ?
महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको टापुको नाम सुपरशी टापु हो ।बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलसम्म फैलिएको छ । उक्त टापु सर्वसाधारणका लागि यो वर्ष खुल्ला हुँदैछ । अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले उक्त टापु किनेकी छिन् ।
क्रिस्टिनले यस्तो ठाउँको खोजी थिइन् जहाँ महिलाहरु आरामसँग छुट्टी मनाउन सकून् र कुनै समस्या नपरोस् । यो टापु त्यस्तै स्वप्निल ठाउँ हो ।

त्यहाँ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् । भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् । यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आँटेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामसँग बस्न सक्नेछन् । उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहाँ कोठा बुक गर्न पाउनेछन् । रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ ।

उक्त टापु तथा रिसोर्टकी मालिकनी क्रिस्टिना रोथ टापुमा पुरुषलाई प्रतिबन्ध लगाउनुको अन्य कुनै कारण नभएको र आफूलाई पुरुषहरुप्रति घृणा नभएको जनाइन् । भविष्यमा पुरुषहरुका लागिसमेत उक्त टापु खुल्ला हुनसक्ने उनको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here