बारा / पचरौता नगरपालिका-४ गुलरियाबाट करिब १ सय ८ कार्टुनमा रहेको ३ लाख ३२ हजार ४ सय रुपैयाँ मुल्य बराबरको कस्तुरी र जयश्री नामक अवैध मदिरा बिहीबार प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर १ भि ६२३० नम्वरको टाटासुमोका चालकले उक्त सवारी साधन बाटोमै छाडी फरार भएपश्चात प्रहरीले सुमो जाँच गर्दा लुकाई राखिएको उक्त परिमाणको मदिरा फेला पारी बरामद गरेको हो ।
बरामद अवैध मदिरा तथा सवारी साधन प्रहरीले आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय बीरगंज, पर्सा पठाएको छ ।

















