काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा संकलन गरिरहेको करिब १ सय ४९ ग्रामको सुनको बाला ३ थान सहित सर्लाही सुन्दरपुर गाउँपालिका-४ घर भएका शेष सरफास्जालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उक्त परिमाणको सुन संकलन गरि लैजान लागेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सरफास्जालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।

















