फ्रेन्च लिगमा पीएसजीको दोस्रो हार

69

एजेन्सी / फ्रेन्च लिगको उपाधिको नजिक पुगेको पेरिस सेन्ट जर्मन (पीएसजी) को खराबलयका कारण उपाधीका लागि अभैm संघर्ष गर्नु पर्ने स्थिति देखिएको छ ।  बुधबार राति भएको खेलमा पीएसजीलाई नान्टेससँग ३–२ गोल अन्तरले पराजित गरेको छ । लिगमा पीएसजीको यो लगातार दोस्रो हार हो । गत आइतबार भएको खेलमा पनि पीएसजी दोस्रो स्थानमा रहेको लिलेसँग ५–१ गोलले पराजित भएको थियो । नान्टेससँगको हारसँगै पीएसजीको उपाधि यात्रा अझै लम्बिएको छ ।

पीएसजीले १९ औँ मिनेटमा डानी आल्भेसले पहिलो गोल गरेका थिए । तर, २२ औँ मिनेटमा नान्टेसका डिएगो कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४४ औँ मिनेटमा माजीद वारिसले नान्टेसलाई अगाडी बढाएका थिए । खेलको ५२ औँ मिनेटमा पीएसजीका डानी आल्भेसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा देखिएको पीएसजीका लागि ८९ औँ मिनेटमा मेतेहान गुक्लुले गोल गरेपनि टोलोको हार टार्न सकेनन् ।

पीएसजीले नान्टेसविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको थियो । प्रभावशाली खेलाडी केलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडीलाई बेचमा बसाइएको थियो । यस हारसँगै शीर्ष टोली पीएसजीको ३२ खेलबाट ८१ अंक छ । दोस्रो स्थानमा रहेको लिलेको ६४ अंक छ । पीएसजीलाई हराएको नान्टेस ३७ अंक सहित १४ औँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here