काठमाडौं- सरकारले ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। ६ र ७ गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।
साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थिति लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सूक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम रहेको छ।
यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारप्रसारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ।


















