पत्रकारमाथि राज्यविरुद्दको मुद्दा !

140

काठमाडौं- जनपत्रकार संगठन,नेपालका काठमाण्डौं संयोजक जितेन्द्र महर्जनलाई सरकारले राज्य विरूद्वको कसुरमा मुद्दा चलाएको छ । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई प्रहरीले राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा लगाएको हो ।

नेपाल भाषाको पत्रिका ञन्हूगु ज्वजलपा वास्पौझ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनको काठमाण्डौं संयोजक भएकै कारण चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियो। गणतन्त्र आएपछि पहिलोपटक सरकारले पत्रकार विरूद्व राज्य विरूद्वको कसुर सम्बन्धि मुद्दा चलाएको हो ।

समाचार संकलनकै शिलिशलामा हिडिरहेका बेला संयोजक महर्जनलाई प्रहरीले काठमाडौं बाट पक्राउ गरेको थियो ।जनपत्रकार संगठन नेपालको पहलमा नेपाल पत्रकार महासंघले पत्रकार महर्जनको गिरफ्तारी गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गर्नुको कारण पेश गर्न बैशाख २ गते सरकारलाई आदेश समेत दिएको थियो भने यता जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार पत्रकार तथा काठमाडौं जिल्ला संयोजक महर्जनलाई अबिलम्ब रिहाइको माग गर्दै रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पत्रकार महर्जनलाई सरकारले राजनीतिक आस्थाका कारण प्रतिसोध साध्ने उदेश्यले पक्राउ गरि राज्य विरुद्धको मुद्दा लगाईएको टिप्पणी गरेका छन । अध्यक्ष डुम्रेले गणतन्त्र प्राप्ति पछि समेत कम्युनिस्ट सरकारले पत्रकारलाई राज्य विरुद्धको मुद्दा लगाउनुले नेपालको मिडिया जगत कतिको सुरक्षित भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै सरकारको प्रेस बिरोधि नितिको भण्डाफोर गर्नुपर्ने जनाए ।

जनपत्रकार संगठन हामीले बिधिवत दर्ता गरेका छौँ कानुनी प्रक्रिया पुरा गरी नेपालको प्रचलित कानुन र पत्रकार आचार सहिंता अनुसार कलम चलाउदा समेत पत्रकार गिरफ्तारी हुनुले राज्य आलोचना सहन नसक्ने ठाउँमा पुगेको जानकारी दिए ।

आईतबार पत्रकार महर्जनको सर्वोच्चमा सुनुवाई हुने छ ।नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि उक्त पार्टी निकट पत्रकारविरूद्व समेत सरकार आक्रमक देखिएको छ । यसअघि जनपत्रकार संगठन,नेपाल कालिकोट संयोजक कर्ण विकलाई रेडियो स्टेशनभित्रबाटै प्रहरीले गिरफ्तार गरेको थियो भने व्यापक बिरोध पछि विक रिहाइ भएका थिए ।

गिरफ्तार पत्रकार महर्जन रिहाइका लागि नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फ्रिडम फोरम,राष्ट्रिय मानवअधिकार आयोग, लगाएत विभिन्न पत्रकार सम्बद्धसंग संगठनहरुले आवाज उठाएका छन् ।महर्जनका लागि बरिष्ठ अधिवक्ता एकराज भण्डारी,अधिवक्ता कपिलचन्द्र पोख्रेल,कान्ति ढुंगाना,चुडा बहादुर तिवारी लगायतले कानुनी सहयोग गरिरहेको संगठनका महासचिव हिम विष्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here