भ्रष्टाचार,र ढिलासुस्ती लोकतन्त्रका सत्रु हुन् : नगर प्रमुख पाण्डे

238

शरद रेग्मी
तुलसीपुर /  तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता लोकतन्त्रका सत्रु भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले फिल्टर गर्ने कार्य भइरहेको जनाए ।

भ्रष्टाचारमा अहिले पनि केहि व्याक्टेरीया भएको भन्दै यसको उन्मुलनमा स्थानीय सरकार देखि संघिय सरकार लागि परेको बताए । अनौपचारीक रुपमा आर्थिक कारोबार गरेर बैकीङ प्रणालीमा नआएर मिटर व्याजमा प्रसा लगाउनेलाई निगरानीमा राखेको नगर प्रमुख पाण्डेले बताए । राजनीतिक क्षेत्रमा लोकतन्त्रको सफलता भएपनि आर्थिक क्षेत्रको समस्या ज्युकोत्यु रहेको उनले जनाए ।

राजनीतिलाई आर्थिकसंग जोडेर गरिबी निबारणका लागि गाउँ बस्तीमा गएर काम गर्नुपर्ने भन्दै नगर प्रमुख पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रीक संकार, विधि र प्रकृयालाई पनि बलियो बताउनुपर्ने जनाए । सो अवसरमा बोल्ने अन्य बक्ताले अहिले पनि जनताको मनमा भए र त्रासको वातावरण भएको जनाए । मुलुकमा राजनीतक क्षेत्रमा युगान्तकारी परिवर्तन भएपनि जनताको जीवनमा कुनै परिवर्तन नहुदा उनिहरुमा निराशा छाएको जनाए ।

शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र खड्का, शान्ति समाजका केन्द्रिय पूर्व सभापति मोहन धिताल, नागरिक समाजका सल्लाहकार टिकाराम रेग्मी, नेत्र ज्योति संघ दाङका अध्यक्ष कुष्णकुमार गिरी, आपांग संघका हुमाकान्त कडेल, तुलसीपुर उद्योगबाणीज्य संघका बरिष्ट उपाध्यक्ष रामप्रसाद चालिसे, पत्रकार नारायणी रजौरे, सम्झना डाँगी, उषा गौतम लगाएतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here