आगामी बैशाख १४ देखि अन्तर बैंक फुटसल हुने

111

काठमाडौं / नेपालगञ्ज क्षेत्रमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु विच प्रथमपटक अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघको स्थापना दिवसको अवसरमा कर्मचारी संघ नेपालगञ्ज समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आगामी बैशाख १४ देखि सुरु हुने प्रतियोगिता बैशाख २१ सम्म चल्ने छ । भार्गव विकास बैंक लिमिटेड नेपालगञ्जको मुख्य प्रायोजनमा नेपालगञ्ज फुटसल ग्राउण्ड न्यूरोड नेपालगञ्जमा हुुनेछ । आयोजक समितिका अनुसार २० टीम सहभागी रहने प्रतियोगितामा बिजेता, उप बिजेता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्बाधिक गोलकर्ता लगायत पुरस्कृत हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here