कटुवा पेस्तोल र गोली बरामद

159

रौतहट पर्रोहवा नगरपालिका-८ नेपाल-भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरु गम्छा छोडी भागेकोले गम्छाभित्र उक्त कटुवा पेस्तोल र सोको गोली फेला पारी बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here