ग्यास उद्योगीलाई ९६ करोड थप कमिसन

149

काठमाडौं – आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।

वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण भयो,’ निगमका एक अधिकारीले भने, ‘उद्योगीलाई फाइदा भए पनि उपभोक्तालाई भार पार्ने काम भयो ।’ हाल खाना पकाउने एलपी ग्यास मासिक औसतमा ४० हजार टन आयात हुन्छ । एक टनमा ७०।४२ सिलिन्डर ग्यास हुन्छ । -कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here