नवौं राष्ट्रिय खेलकुद आयोजनाको गण्डकी प्रदेशमा हुने

117

बाँके / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिएका छन् ।

राखेपले आज बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।

राखेपका सदस्यसचिव विष्टले भने, ‘यो निर्णय सातौं हुदा खेरी कै हो । त्यती बेला नै नवौंको आयोजना गर्न गण्डकी प्रदेशलाई दिने कुरा भएको थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here