बस दुर्घटना ! ६ जनाको मृत्यु, २६ घाइते

182

डडेल्धुरा / डडेल्धुराको भीमदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना भएको छ।  भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ। घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here