कस्तुप गैरेको ‘आँखैमा गाजल’ सार्वजनिक

247

काठमाडौं- कवि तथा गजलकार कस्तुप गैरेद्वारा स्वरवद्ध ‘आँखैमा गाजल’ शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकारका रूपमा समेत परिचित गैरैलाई देवी घर्तीले स्वरमा साथ दिएकी छिन् ।

गीतकार रवीन्द्र लामिछानेको शब्द तथा लय रहेको म्युजिक भिडियोमा युवा लोकदोहोरी गायक गैरे आफैले लोभलाग्दो अभिनयसमेत गरेका छन् । मोडल अपेक्षा बस्याल र गैरेको अभिनयले गीतको भाव समातेर अभिनय गरेका छन् ।

गैरे, बस्याल र प्रकाश समीरको अभिनय रहेको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीक्रममा दक्षिण कोरियामा रहेका कवि, गजलकार, गीतकार, लेखक, गायक र मोडलको परिचय बनाएका गैरेले प्रत्येक समय सदुपयोग गरेका छन् । हालै सार्वजनिक म्युजिक भिडियो नृत्यमा रमाउनेका लागि विशेष खुराक बनेको छ भन्ने बढ्दै गएका छन् ।

यसअघि उनको ‘चिलाउनेको रूख’ मा शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भइसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here