काठमाडौं- सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि आन्दोलनमा उत्रिने भएका छन् । सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७५-७६ देखि काट्ने निर्णय गरेको थियो ।
कर्मचारीको भत्ता कटौती गरेपश्चात् पनि लामो समयदेखि कर्मचारी अतिरित्त काम गर्न बाध्य हुनुपरेको अदालतका कर्मचारीको भनाइ छ । कर्मचारीहरूले २०७५ श्रावण महिनादेखि अतिरिक्त काम गरेको प्रोत्साहन भत्ता उपलब्ध नभएकाले कर्मचारीले विरोधको कार्यक्रम गर्न लागेको ट्रेड युनियनका कर्मचारीहरुले जानकारी दिए ।


















