असार २७ देखि चलचित्र ‘रे’ प्रर्दशनीमा आउने

80

काठमाडौँ / उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा निर्माण भएको चलचित्र ‘रे’ २७ देखि असार प्रदर्शन हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर निर्माण भएको यो फिल्म दिनेश पौडेलले निर्देशन गरेका हुन् ।

‘काठमाडौंको मुख्य मानिएका बिभिन्न जात्रा र परम्परालाई अघि लैजाने युवापुस्ताको दायित्व पनि हो । यही कुराको कर्तव्यबोध गराउनका फिल्म निर्माण गरिएको निर्देशक पौडेलले बताए ।

सगुन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता दिवस धिताल, अभिनेत्री सुजाता थापा र अभिनेता सुनिल थापाको मुख्य भूमिका रहेको छ । फिल्म उच्च भिएफएक्सको प्रयोगका साथ तयार गर्न लागिएको छ । निर्माण युनिटले गीत तथा ट्रेलर छिट्टै ल्याउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here