एएफसी यू–१९ महिला छनोट : नेपाल अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दै

260

काठमाडौं – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ।

छनोटमा नेपालले अष्ट्रेलियापछि अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ। गत कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here