विद्यार्थीलाई साइबर क्राइम, ट्राफिक सचेतता तथा प्रेरक कार्यक्रम मार्फत सचेत गराउँदै प्राज्ञिक

222

 काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले पशुपति बहुमुखी क्याम्पसमा आयोजना गरेको cyber crime, traffic awareness & motivation program सम्पन्न भएको छ ।

विद्यार्थी परिषद्ले वर्तमान समयमा बढदै गइरहेको cyber crime र काठमाडौं देखिएको traffic अव्यवस्थित करणलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यार्थी परिषद्का तीन नम्बर प्रदेश प्रदेश सचिव कृष्णप्रसाद हुमागाईले विद्यार्थी परिषद् बारेमा र विद्यार्थी परिषद्ले गर्दै आईरहेको गतिविधिको बारेमा विद्यार्थीहरूलाई जानकारी दिदै विद्यार्थी परिषद् पशुपति क्याम्पस इकाई समितिलाई कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

ट्रफिक महाशाखाका प्रहरी निरिक्षक दामोदर भट्टले traffic नियम , ट्रफिक चिन्हहरू भिडियोको माध्यमबाट ट्राफिक व्यवस्थापनको बारेमा सचेतनामुलक जानकारी दिनुभयो ।

साथै हनुमान ढोकाका अथदभच cyber crime specialist प्रहरी निरिक्षक बुद्वि सुवेदिले नेपालमा साइबर क्राइमको अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसाका घटनाहरुको बारेमा सचेत गराउनुभयो । नेपालमा cyber crime बारे सचेत भइ कसरी समाजिक सञ्जालमा हुने घटनाबाट बच्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई सचेत रहि सामाजिक सञ्जालको सहि उपयोग गर्नतर्फ जोड दिनुभयो ।

विद्यार्थी परिषद्का लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष एवम् केन्द्रीय सदस्य दिपक ढकालले परिक्षामा कसरी राम्रो अंक ल्याउन सकिन्छ , आफू कसरी आफूलाई समयअनुसार व्यवस्थित गर्ने साथै धेरै भन्दा धेरै कार्यक्रमहरूको माध्यबाट आफुमा कपष्ििभम को विकास कसरी गर्ने भन्ने कुरामा mयतष्खबतष्यल कउभभअज दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा विद्यार्थी परिषद्को पशुपति क्याम्पस इकाई समितिको पुनरगठन भएको थियोे । पशुपति बहुमुखी क्याम्पस संयोजक वसन्त ओलीको नेतृत्वमा ज्ञठ सदस्यीय कार्यसमितिको दायित्वको घोषणा लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष एवम् केन्द्रीय सदस्य दिपक ढकालले गर्नुभइएको थियो ।

समितिमा संयोजक बसन्त ओली, सह संयोजक केशव पोखरेल, सचिव रवीन्द्र गिरि, सह-सचिव, आष्मा रिमाल , छात्रा प्रमुख अनुषा पौडेल, सह-छात्रा प्रमुख सुस्मिता आचार्य, र सदस्यहरूमा गणेशमान बस्याल, सीता खरेल, स्मारिका बस्नेत, रविचन्द जैशि, लक्ष्मि दाहाल, रोमन कार्की , अग्मराज संञ्याल, बिन्दु श्रेष्ठ ,नवराज खत्रि , सचिन बजगाँई क्याम्पस इकाई समितिका कार्यसमितिमा रहनु भएको छ ।

cyber crime, traffic awareness & motivation program कार्यक्रममा गौशाला सामुदायिक प्रहरी विभागले समन्वयको भुमिका निर्वाह गरेको थियोे ।

उक्त कार्यक्रममा १५० भन्दा बढि विद्यार्थीहरूको उत्साहजनक सहभागीता भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here