मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा अबरोध भएको मन्त्रि बास्कोटाको दाबि

257

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सोचेअनुसार विकासले गति लिन नसकेको स्वीकार गर्दै मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको जनाए।

आइतबार तेलकोटमा पेप्सीकोला–मनोहरा–निलबाराही–इञ्जिनियरिङ कलेज–चाँगु इन्द्रखोल्सा–तेलकोट सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले ‘विकास कार्यमा कहीँ न कहीँ अप्ठ्या‍रो देखिएको भएपनि ती अठ्यारा छिचोलेर सरकार अघि बढ्ने जनाएको छ।

उनले गुणस्तरीय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भए पनि पुनर्निर्माणको कार्यमा अगाडि बढाउने जानकारी दिए। प्रदेश सरकारले विनियोजन गरेको २७ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने मनोहरापुलदेखि तेलकोटसम्मको १३ किमि लामो सडक १८ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

उक्त कार्यक्रममा प्रदेश ३ की सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश ३ का पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिना लगायतले सो सडक निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here