यु—१९ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल म्यानमारसँग पराजित

106

एएफसी यू १९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल म्यानमारसँग २–१ ले पराजित भएको छ ।  पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० ले हारेर बाहिरिसकेको नेपालले अन्तिम खेलमा पनि जित निकाल्न नसकेको हो । म्यानमारको मण्डलारथिरी रंगशालामा भएको खेलमा नेपालले खेलको ३८ औँ मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफको सुरुमा नै गोल खान पुग्यो । ५२ औँ मिनेटमा म्यानमारले पाएको पेनाल्टी पोलमा लागेर बाहिरिए पनि ६५ औँ मिनेटमा गोल थप्दै अग्रता बनाएको हो । पहिलो हाफमा बलियो देखिए पनि दोस्रो हाफको खेलमा सम्हालिन नसक्दा नेपाल २–१ ले हार्न पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here