काठमाडौं- आज बिहान साँखुबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ ।
साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।


















