सोलोमोन द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

246

सिड्नी / सोलोमोन द्वीपमा आज शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको
छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here