काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको फौजी तयारी कस्तो किसिमको छ भन्नेबारे सामान्य जानकारी दिने गरी अज्ञातस्थलबाट डिसी नेपालसंग कुरा गर्दै नेकपाका एक जना नेताले आफ्नो पार्टीका नेताहरु पार्टीको फौजी घेराबन्दीमा सुरक्षित रहेको जानकारी गराएका छन् ।
नेकपा माओवादी सशस्त्र युद्धबाट खुल्ला परिबेशमा रुपान्तरित भए लगत्तै सम्पन्न भएको संविधानसभाको पहिलो चुनावमा काठमाडौं क्षेत्र नं १ मा तत्कालीन एमाले महासचिव समेत रहेका माधव नेपाललाई पराजीत गराइ विजय हासिल गरेका नेता झक्कु प्रसाद सुवेदीका सुपुत्र सन्तोष सुवेदीले यस्तो खुलासा गरेका हुन् ।
आफ्ना पिता झक्कु सुवेदीप्रति असन्तुष्टि जनाउँदै सन्तोषले दमन गर्ने सरकारको मतियार बन्न आफ्नो पिता जानुभएको भन्दै आफ्नो र पिताको बीचमा राजनीतिक रुपमा अन्तरसंघर्ष रहेकाले हालका दिनहरुमा टेलिफोन सम्पर्क समेत नहुने गरेको जानकारी गराएका छन् ।
सुनौं र हेरौं सन्तोषकै आवाजमा डिसी नेपालसंग भएको संवादको भिडियो :

















