गाँजा नपिउने भन्दा पिउने महिलामा यौन सन्तुष्टि दुई गुणा बढी हुने

257

अमेरिकामा हालमात्र गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ । गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले जनाएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको धारणा रहेको छ ।

यौन सम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा पिउने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (यौनसन्तुष्टि) प्राप्त गरेको बताएको भन्दै सेक्सुअल मेडिसिन नामक पत्रिकाले अध्ययन प्रतिवेदन प्रकाशित भएको छ । अध्ययनमा संलग्न अनुसन्धाताका अनुसार अमेरिकामा हाल वयस्कहरुबीच गाँजा प्रयोग निकै बढेको छ । अमेरिकाका कतिपय राज्यले औषधि तथा रमाइलोका लागि गाँजा प्रयोगमा कानूनी रूपमा नै छूट दिएकाले यसको प्रयोग बढेको हो ।

अमेरिकाको सेन्ट लुइसस्थित एकेडेमिक सेन्टरको एब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागमा ३७३ महिलामा यो सर्वेक्षण गरिएको हो । सर्वेक्षणमा १२७ जना अर्थात् ३४ प्रतिशत महिलाले यौन सम्पर्क सुरु गर्नुभन्दा अगाडि गाँजा पिउने गरेको स्वीकार गरेका थिए । अनुसन्धाताका अनुसार गाँजाले यौन स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा निकै कम अध्ययन भएको छ । गाँजाले मस्तिष्कमा रहेको यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जुन यौनिक अवयवसँग सम्बन्धित छ ।

यस अध्ययनमा विशेषतः महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौनसम्पर्कको बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोसिस गरिएको अनुसन्धाताको धारणा रहेको छ । अध्ययनमा संलग्न ५२ प्रतिशत महिलाले गाँजाको प्रयोग गरेकै थिएनन् भने १३ प्रतिशतले गाँजा सेवन गर्ने गरे पनि यौनसम्पर्कभन्दा अघि भने प्रयोग नगरेको रहेको छ । यस अध्ययन सीमित व्यक्तिमा मात्रै भएको हुनाले यसले यौन स्वास्थ्यमा गाँजाले केकस्तो असर पार्छ भन्ने निश्चित गर्दैन । तथापि, अध्ययनले यौन स्वास्थ्यका लागि गाँजाको प्रयोग उपयुक्त छ कि छैन, छ भने केकसरी प्रयोग गर्न सकिन्छ भनी अध्ययनको अन्य मार्ग भने प्रशस्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here