प्रि-बजेट छलफल

346

काठमाडौं / संसद्‌मा शुक्रबारदेखि आर्थिक वर्ष २०७६/ ०७७ को प्रि-बजेट माथि छलफल सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन जानकारी गराएका हुन् ।

शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ-आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउनसमेत सभामुख महराले अनुरोध गरेका छन् ।

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि-बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here