७४ वर्षको उमेरमा नागरिता

157

गुल्मी  / गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका—२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् । बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रितबहादुर थापालगायतले संयुक्तरुपमा नागरिकता हस्तान्तरण गरेका थिए । नागरिता लिनका लागि श्रीमान इन्द्रबहादुर बस्नेतले सनाखत गरेका थिए । नागरिता पाएपछि बस्नेतले खुसी व्यक्त गरेकी छन् । नागरिता नहुँदा उनले बृद्धभत्तासमेत लिनबाट बञ्चित थिइन् । सदरमुकामसम्म बिबिध कारणले पुग्न नसकेको र घर नजिकै शिविर सञ्चालन भएपछि नागरिता लिएको उनले जानकारी दिइन्।

एकीकृत घुम्ती शिविरबाट गाउँमै सेवा पाउँदा सदरमुकाम आउन नसक्ने र तम्घास आएर नागरिता बनाउँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै स्थानीय खुसी भएका छन् । मालिका गाउँपालिकाका ३ वटा स्थानमा एकीकृत घुम्ती शिबिर राखिएको थियो । मंगलवारबाट सुरु गरिएको घुम्ती शिबिरमा मालिका गाउँपालिकाको दलिङ्गमा १७३ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । बुधवार ९६ जनाले नागरिता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिका पुर्तिघाट,चन्द्रकोट गाउँपालिका शान्तिपुर, मदाने गाउँपालिका पुर्कोटदहमा यसअघि एकीकृत घुम्ती शिविर सञ्चालन गरिसकेको छ । शिविरमा फोटोसहितको मतदाता नामावली संकलनलगायत अन्य कार्यालयबाट प्रवाह गरिने सेवाहरु पनि दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here