काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा राखिएको कालापानी र लिपुलेक नभएको नेपालको नक्सा हटाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विभागको ‘वेइटिङ रुम’मा राखिएको नेपालको नक्सामा नेपालको पश्चिम सीमानामा रहेको कालापानी र लिपुलेकको भाग थिएन ।
सरकारले आधिकारिक नक्सा सार्वजनिक गरेर सबै सरकारी कार्यालय र सार्वजनिक महत्वका स्थानमा राख्ने भने पनि विमानस्थल मै नेपालको नक्सा नराखिएको प्रशंग समाचारमा उठाइएको खबर मंगलबार अन्नपूर्ण पोस्टले प्रकाशन गरेको थियो ।
विदेशी आवतजावत गर्ने ठाउँमा नै नेपालको गलत नक्सा राखिएको थियो । बुधबार बिहान विमानस्थल पुग्दा टाँगिएको नेपालको गलत नक्सा हटाइएको पाइयो। पहिले गलत नक्सा भन्ने थाहा नपाएर राखिएको र थाहा पाएपछि हटाइएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जनाए ।
नक्सा हटाइए अर्को कालापानी र लिपुलेकसहितको नक्सा भने नराखिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

















