सिन्धुपाल्चोक / नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा थिए तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुट भएको छ । सिन्धुपाल्चोक कांग्रेसका सबै कार्यक्रममा विवाद सिर्जना हुने गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच किचलो रहने गरेको छ। सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति विकास लामा गुटबीच द्वन्द्वको अवस्था रहँदै आएको छ। केन्द्रबाट जिल्लामा कार्यक्रम गर्ने निर्देशन आएमा बस्नेत र लामा समूहले छुट्टै कार्यक्रम गर्छन्। जुनकुरा सिन्धु कांग्रेसमा चलेको चलन जस्तै भएको छ। यो परम्परागत द्वन्द्व जागरण अभियानको पहिलो दिनमै कुटाकुट भएको छ । दुई गुटबीच भएको झडपमा नेता बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएको छ । कार्यक्रममै विवाद भएपछि बस्नेत र लामानिकट समूहबीच कुटाकुटहुँदा श्रेष्ठ घाइते भएका हुन्। कार्यक्रमको उद्घाटन सत्रमा देउवानिकट हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले जिल्ला सभापति लामाले एकलौटी गरेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । जिल्ला सभापति लामाले श्रेष्ठ र नेपालले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन भएता पनि कार्यक्रमस्थलमा झडप नभएको जिकिर गर्दै सामान्य विवाद मात्रै भएको कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले जनाए ।
सिन्धु कांग्रेसको परम्परागत द्वन्द्व जागरण अभियानमा पनि छरपष्ट भयो। केन्द्रमा पनि लामो समयदेखि देउवा र पौडेल पक्षबीच विवाद रहँदै आएको छ। काग्रेसको विवाद यसअघि पनि छताछुल्ल हुने गरेको छ। केही महिनाअघि पनि कांग्रेसका केन्द्रीय सदस्य बस्नेत समर्थक युवाले तरुण दलको छुट्टै जिल्ला समिति घोषणा ग¥यो। संस्थापन कमिटीविरुद्ध प्रमोद लामाको नेतृत्वमा समानान्तर जिल्ला कमिटी बन्यो । केन्द्रीय सदस्यको निर्देशनमा कमिटी गठन गरिएकाले यो नै वैधानिक तरुण दल भएको समानान्तर कमिटीको दाबी छ। घोषणासभामा पार्टीका तर्फबाट प्रतिनिधिसभा–१ का सभापति बालकृष्ण बस्नेत उपस्थित थिए।
समानान्तर कमिटी घोषण गर्दा दोर्जे समिसतिका उपाध्यक्ष सगन श्रेष्ठको पनि उपस्थिती थियो। उनी दोर्जेलाई पूनः अध्यक्ष दिएकोमा रुष्ट थिए। तरुण दलका अध्यक्ष दोर्जे लामा गतसाल एमालेमा प्रवेश गरे। संगठन नेतृत्वविहीन भएपछि समानान्तर कमिटी गठन गरेको लामाले बताए । तर, दार्जे प्रतिनिधिसभा चुनावअघि नै उनी पार्टीमा फर्किसकेका छन् । पार्टी फर्केलगत्तै तरुण दल अध्यक्षको जिम्मा दिइयो। उनी कांग्रेको महासमितिको बैठकमा महासमितीकै दर्जामै सहभागी भए। यता दोर्जेविरुद्ध समानान्तर कमिटी गठन भएर सक्रिय छ। उनी २०७३ बैशाख ६ गतेको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएका थिए। तरुणको जिल्ला अध्यक्ष सम्हालेको एक वर्षमै २०७४ भदौमा उनी एमालेमा पुगेका
थिए ।


















