प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

178

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने विदेश भ्रमणका क्रममा आज भियतनातर्फ उड्दै छन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले बौद्धधर्मलम्बीहरुको महत्वपूर्ण कार्यक्रम बैशाखी तथा विचारकहरुको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यतालिका रहेको छ । भियतनाम भ्रमणबाट नेपालले समृद्धिको पाठ सिक्न पनि सघाउने विश्वास गरिएको छ । लामो समय युद्धको चपेटामा परेको भियतनामले पछिल्लो समय लोभलाग्दो विकास र प्रगति गर्दै आइरहेको छ । बैशाख ३० सम्म भियतनामको भ्रमण गरेर प्रधानमन्त्री ओली कम्बोडिया पनि भभ्रमण गर्ने कार्यक्रम रहेको छ । लामो समय सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री हु सेनको निमन्त्रणालाई स्वीकार गरेर ओली कम्बोडिया जान लागेका हुन् । उनी जेठ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, उच्चतहका सरकारी अधिकारीहरु लगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here