एनआईसी एशियाको नयाँ शाखा स्याङजामा

96

काठमाडौं / एनआईसी एशिया बैंकले स्याङजामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले स्याङजाको आँधिखोला गाउँपालिका वडा नं ५ मा कृषि शाखा वैशाख २६ गते बाट सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले गरेका हुन् ।

हलसम्म बैंकले २ सय ८२ शाखा, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस बैंकबाट करिब १६ लाख ग्राहकले कारोबार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here