काठमाडौं- रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ।
रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरीले जनाएको छ। चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गर्ने गरेकोले शर्मालाई पक्राउ गरिएको प्रहरीको दाबि छ।


















