लेनदेनको विवादमा बन्धक बनाउने प्रयास, एक महिला पक्राउ

186

काठमाडौं- आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको जनाइएको छ ।

अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको ५० हजार रकम दिन बाँकी भएको र सो रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here