मिडिया विधेयक पत्रकारको हकहितकै लागि: सञ्चारमन्त्री

74

नुवाकोट- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको जनाएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानुन ल्याइने जनाउँदै भने, ‘मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ। कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ।’

श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै उनले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। बाँस्कोटाले भने, ‘सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ। नागरिकले देशमा बसेपछि देशको कानुन मान्नुपर्छ, नियम कानुन सबैका लागि बराबर हुनुपर्छ। सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुपर्‍यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो।’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here