वर्तमान सरकारको नीति तथा कार्यक्रम हात्तिको देखाउँने दाँत जस्तै: मोहन बैद्य किरण

383

सुनसरी- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले केपी ओली शर्मा नेतृत्वको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई ‘हाँत्तिको देखाउँने दाँत जस्तै’ का रुपमा टिप्पणी गरेका छन ।

हिजो धरानको सैनिक भवनमा बिगेसोले आयोजना गरेको वैचारिक साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव बैद्यले सरकारले जनतामा खुशी नेपाली र सवृद्ध नेपालको झुटो नारा देखाउँदै भ्रमको राजनीति गरिरहेको भन्दै त्यस्तो टिप्पणी गरेका हुन ।

उनले सरकारले जनताको भावना विपरित कामहरु गरिरहेको र सरकारका नीति तथा योजनाका कारण जनताहरुले सास्ती भोगनुपरेको विषयलाई प्रष्ट पारेका थिए ।

वर्तमान ओली सरकारले आफुलाई कम्युनिस्ट सरकारको रुपमा जनाएपनि उसको चरित्र फासीवाद उन्मुख, जन विरोधी तथा राष्ट्रघाती देखिएको भन्दै उनले त्यसको विरोधमा उत्रिन जनतालाई आह्वान समेत गरे ।

महासचिव बैद्यले हिजोसँगै रहेका जनयुद्धका नेता पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेर हजारौं शहीदको सपनालाई सत्ताँसँग साटेको आरोप समेत लगाए ।

उनले शहीदको रगतमा टेकेर सत्ताँका मालिक बन्न पुगेको प्रचण्ड ओलीको सरकार र पार्टी कम्युनिस्ट नभएको समेत प्रष्ट पारे ।

उनले वर्तमान सरकारले मुलुकमा भ्रष्ट, दलाल, तस्कर र सामाजिक अपराधीहरुको संरक्षण गरिरहेको भन्दै त्यसको विकल्पका लागि जनताहरु सजग हुनुपर्ने जनाए ।

उनले ओली सरकारले जनताको हक, अधिकारको लागि सञ्चालीत आन्दोलनका नेता रेशम चौधरी लागायतलाई अपराधी भन्दै जन्म कैदको सजाय दिएको प्रति आक्रोश ब्यक्त गरे ।

उनले भने–‘यो सरकार जनविरोधी सरकार हो । राष्ट्र विखण्डनको नारा लगाउने सीके राउतहरुलाई राजनीतिक शक्ति भन्छ, तर देश र जनताको मुद्दा लिएर अघि बढेका राजनीतिक शक्तिहरुलाई प्रतिबन्ध लगाउँने काम गरेको छ, यो के हो र ?’

बिगेसोले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव बैद्यले त्यस्तो जनाएका थिए ।

उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरीभक्त कडेंल प्रतिक, अखिल नेपाल आदीवासी जनजाती महासंघका केन्द्रिय महासचिव नगेन्द्र राई, मानवशास्त्री डाक्टर ओम गुरुङ, अखिल नेपाल लिम्बुवाङ मुक्ति मोर्चा अध्यक्ष केवी फुदुङ लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा बिगेसोका प्रस सल्लाहकार लोकराज जैसी, पूर्व जनमुक्ति सेनाका प्रदिप कार्की, बिगेसोका कानुनी सल्लाहकार फणीन्द्र कार्की, लगायत विभिन्न जनजाती, आदिवासी सम्बद्ध संघ संगठनका प्रतिनिधि र समाजसेवी, सामाजिक अभियन्ताहरुको पनि सहभागिता रहेको थियो ।

भिडियोमा हेर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here