अवैध लागूऔषध सहित २ जना पक्राउ

253

काठमाडौं /  काठमाडौं चाबहिलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ८ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश राई र काठमाडौं बालुवाटार बस्ने ३० वर्षीय बबिन राई रहेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१८ फोरलाईनबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित रंगेली नगरपालिका-४ बस्ने ३५ वर्षीय सुरज कुमार साह र जहदा गाउँपालिका-१ बस्ने ३५ वर्षीय धनपत यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले को.१ ह ८४११ नम्बरको अटोरिक्शा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक सुरज कुमार साह र रिक्शामा सवार धनपत यादवलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here