सुनको गरगहना चोरी कार्यमा संलग्न पक्राउ

298

दाङ  / सुनका गरगहना चोरी कार्यमा संलग्न चार जना व्यक्ति पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् । चोरी कार्यमा संलग्न साविक कोइलावास वडा नं. ९ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २१ वर्षीय सद्दाम हुसेन रंगरेज पक्राउ परेपछि थप अन्य छ जना पनि चोरी कार्यमा संलग्न भएको सार्वजनिक भएको छ । विभिन्न चार जना पीडित व्यक्तिको जाहेरीको आधारमा रंगरेज पक्राउ परेपछि बयानका आधारमा चोरीको सुन लुकाउने र पगाल्ने कार्यमा संलग्नहरूको पहिचान खुलेको प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त कार्यमा संलग्नमध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ देवाफूवारी बाँके घर भइ हाल घोराहीको वडा नं. १४ मा कोठा भाडामा बस्दै आएका २१ वर्षीय अमर थापा, साविक रोल्पा जिल्लाको जंकोट गाविस वडा नं. ५ घर भइ हाल घोराही १६ लेटार निवासी २७ वर्षीय खिमबहादुर घर्ती, घोराही १३ वडरा घर भइ हाल घोराही १५ निवासी २७ वर्षीय जीवन भनिने डम्मरबहादुर वली, घोराही १४ निवासी तथा न्यू सुनचाँदी पसलका सञ्चालक ४४ वर्षीय पुनलाल गहतराज (विक) र सोही ठाउँ निवासी दिपिका सुनचाँदी पसलका सञ्चालक ४० वर्षीय गुमानसिंह सुनार, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. २ झण्डी बजार स्थायी घर भइ हाल घोराही १४ त्रिमुर्ति चोक निवासी ७१ वर्षीय राधिका सुनचाँदी पसलका सञ्चालक डम्मरलाल विश्वकर्मा पक्राउ परेका छ । उनीहरूको साथबाट १० लाख ७९ हजार ४ सय १९ रुपैया नगद र सुनका गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न अझै केही व्यक्ति फरार रहेका छन् । जस मध्ये घोराही १५ निवासी शाक्य गहना पसलका सञ्चालक ३६ वर्षीय सुभास शाक्य र सोही ठाउँकै शाक्य गहना पसलका सञ्चालक ४५ वर्षीय हेमराज शाक्य रहेको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here