अवैध लागूऔषध सहित २ जना पक्राउ

435

बारा- पचरौता नगरपालिका-८ लंगडाचोकस्थित सडकबाट बारागढी गाउँपालिका-३ खोपवा बस्ने राम एकवाल चौधरी र करैयामाई गाउँपालिका-४ बस्ने हरेन्द्र चौधरीलाई करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं कोटेश्वर र लागूऔषध व्यूरो शाखा कार्यालय पर्सा वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here